विराटनगर / मोरङको धनपालथान गाउँपालिकाका इन्जिनीयर चन्द्रकान्त (राेशन) सताराले आफ्ना बिरुद्ध केही मिडियामा आएका समाचार प्रति खेद प्रकट गर्नु भएको छ ।
पालिका क्षेत्रमा ठेक्कापट्टाको काम गर्ने कन्ट्याक्टरहरूले भने अनुसार काम नगरिदिँदा आफ्ना विरुद्ध आवर प्रदेश नामको अनलाईन पत्रिकाले भ्रामक समाचार लेखेको भन्दै उहाँले समाचार प्रति खेद प्रकट गर्नु भएको हो । इन्जिनीयर सतराले कानून र नियम विपरित गुणस्तरहीन कामको बिल बनाउन दबाब दिने ,स्थानीय निर्माण ब्यावसायीको पक्षमा जवरजस्ती काम गर्न लगाउने जस्ता गतिविधि आफूले अस्वीकार गरेपछि पालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले आफ्नो सरुवा गराउन मङ्सिर ४ गते कार्यपालिकाको बैठकबाट निर्णय गराउनु भएको थियो । सरुवाको निर्णय भएपछि म बिदामा बसें । यता मेरा बिरुद्ध मिडिया प्रयोग गरी जागरिबाट बर्खास्त गरेको भ्रम फिंजाइएको छ ।
मैले सरुवाको बिरोध गरेको छैन् । तर, सरुवालाई नै बर्खास्त गरेको भन्ने समाचार लेख्ने मिडिया र पत्रकार प्रति मेरो आपत्ति छ । उहाँलाई सरुवा र बर्खास्त भनेको के हो भन्ने विषयमा बुझेर मात्र समाचार लेख्न इन्जिनीयर सताराले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो –‘ ठेकदार र दलका नेताले मात्र होइन ,पत्रकारले पनि कसैका पक्षमा काम गर्न दबाब दिनु,भ्रामक समाचार लेखेर कर्मचारीको बेइजत गराउनु राम्रो कुरा होइन।’यस्ता कार्यले सुशासन कायम नहुने उहाँको भनाई छ । उहाँले छुट्टीमा वा बिदामा बसेको बेला दबाबमा काम गर्न लगाउने परम्पराको अन्त्य हुनुपर्ने बताउनु भयो ।

























