Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी  ।नेपाल रेडक्रस साेसाइटी बयरवन उपशाखाकाे १९ ओैं वार्षिक साधारणसभा शनिवार  कानेपाेखरी ६ स्थित जनसेवा माविकाे पुस्तकालय हलमा सम्पन्न भएको छ ।
उपशाखाका अध्यक्ष टीकाबहादुर थापाकाे सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी माेरङका उपाध्यक्ष मन्दिरा गुरागाईँले साधारणसभाकाे उद्घाटन गर्नुभयो ।
कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएकी गुरागाईँले मानव सेवामा समर्पित संस्था भएकोले आम मानिसकाे प्रत्यक्ष सहभागिता घट्दै गएको बताउनुभयो ।उहाँले समुदाय स्तरबाटै रेडक्रसलाई उठाउनु पर्नेमा जाेडदिनुभयाे ।
कानेपाेखरी ७ का वडाध्यक्ष माेहनप्रसाद अधिकारीले गाउँपालिकाले रेडक्रस साेसाइटीलाई नचिनेको बताउनु भयाे ।उहाँले मानवीय सेवामा समर्पित यस्ता संस्थाकाे संरक्षण राज्यले गर्नुपर्नेमा जाेडदिँदै राज्यको ध्यान नपुगेको भए समुदायले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष डिल्लीमाया बस्नेतले स्वागत भाषण गर्नुभयाे ।
संस्थाका अध्यक्ष टीका थापाले प्रगति विवरण र सचिव हिमप्रसाद तिम्सिनाले आर्थिक विवरण प्रस्तुत गर्नु भएको साधारणसभाले हरेक वर्ष प्रति सदस्य एकसय सङ्कलन गर्ने निर्णय गरेको छ । कार्यक्रममा एघार सदस्यीय कार्य समितिका सदस्य मध्ये ६ जना मात्र उपस्थित भएको भन्दै आजीवन सदस्यहरूले साधारणसभामा समेत उपस्थित हुन नसक्ने पदाधिकारी र सदस्यलाई कार्यसमिति बाट हटाउन माग गरेका थिए ।तर, निर्वाचित सदस्य र पदाधिकारीलाई साधारणसभाले हटाउन सक्ने ब्यवस्था छैन। कार्यक्रममा कानेपाेखरी ३ का वडाध्यक्ष गाेपालबहादुर कार्की ,केराैन उपशाखाका सभापति रेवत थापा लगायतकाे उपस्थिति रहेकाे साधारण सभाले २७ हजार ३६४ रूपैयाँकाे अाय ब्यय अनुमाेदन गरेको छ भने अागामी वर्षका लागि चार लाख ७२ हजारकाे अनुमानित अाय ब्यय प्रस्तुत गरेकाे छ ।  बयरवन शाखामा
महिला ४८ महिला सहित ३१९ आजीवन सदस्य रहेका छन् ।राज्यपुर्संरचना पछि पनि रेडक्रसले साविकका गाविस स्तरीय उपशाखालाई नै मान्यता दिँदै आएकाे छ



Share via
Send this to a friend