उर्लाबारी । लगातारको असफलता पछि सिलाई ब्यावसायबाट उठ्न थाल्नुभएका मोरङको उर्लाबारी–५ को लक्ष्मी रेडिमेड उद्योगका सञ्चालक नरकाजी श्रेष्ठ यतिबेला दक्ष कामदारको अभाव खेपिरहनु भएको छ ।
गाईपालन,पानी उद्योग,सुन ब्यापारमा असफल हुनुभएका श्रेष्ठ पछिल्लो पाँच वर्षयता गार्मेन्ट ब्यावसाय गरिरहनु भएको छ । पाँच जना कामदारलाई रोजगार दिएर रेडिमेट कपडा उत्पादन गरिरहनु भएका श्रेष्ठ सिलाई ब्यावसायमा राम्रो सम्भावना भएपनि दक्ष कामदारको अभाव भइरहेको बताउनु हुन्छ । उहाँ भन्नुुहुन्छ– नगर र गाउँपालिकाले बर्षभरि सिलाई तालिम दिएका कामदार दक्ष छैनन् । चार ,पाँच महिना लगाएर काम सिकाएपछि कामदारहरू पासपोर्ट बनाएर विदेश जान्छन् ।
अहिले दैनिक १५ घण्टासम्म श्रेष्ठ श्रीमती र छोरा–छोरी साथ मै लिएर काममा खट्नुहुन्छ । गाउँघरमा काम पाएनौं, सरकारले रोजगार दिएन भन्नेहरू चौक चौकमा क्यारेमबोर्ड, लुडो र तास खेलेर , हेरेर बस्छन् । हामी कहाँ एक घण्टा काम गर्दा एक सय रुपियाँ कमाई हुन्छ । काम गर्न कोही आउँदैनन । श्रेष्ठको यो चौथो ब्यावसाय हो । उहाँ भन्नुहुन्छ– ४० लाख लगानी भइसकेको छ । सबै कर्जा हो । कामदार कै अभावमा ब्यावसाय सङ्कटमा पर्ला कि भनेर परिवारका सबै सदस्य काममा खटेका छौं ।उहाँले हाल आठ जना कामदार आवश्यक भएको बताउनुभयो ।
ओठ माथि जुँघाको रेखी बस्दै गर्दा दुबई पुुग्नुु भएका श्रेष्ठ दुई वर्ष काम गरेपछि साउदी अरब पुग्नुुभयो । त्यहाँ गाई फर्ममा काम गर्नु भएका श्रेष्ठले उतै छँदा नेपाल फर्किएपछि गाईपालन गर्ने योजना बन्नुभयो । विदेशमा सिकेको सीप प्रयोग गर्ने अठोटका साथ उहाँले नेपाल फर्किएर मोरङको उर्लाबारी–१ झारसाँदीमा दुई बिघा जग्गा किन्नुुभयो र त्यहीँ गाईपालन व्यवसाय सुरु गर्नुभयो । प्रारम्भिक चरणमा व्यवसाय राम्रो भयो । आधुनिक गोठ निर्माण गरेर इलामबाट दूधालु गाई भित्त्राउनु भयो । तर दुुई वर्षपछि दूधले बजार पाउन छोड्यो । प्रसोधन उद्योग सञ्चालन गर्न पुँजी भएन । घाटा बढ्दै गएपछि उहाँले गाईपालनबाट हात झिक्नुु भयो र पानी उद्योगमा लगानी गर्नुभयो ।
पानी उद्योग राम्रो चल्यो । कमाई पनि राम्रो थियो । भुुईबाट उठेका नरकाजीले दुुईचार पैसा कमाए पनि काँधमा पानीका जार बोकेर अफिस र घरमा पु¥याउने काम आफैं गर्नुभयो । उद्योग सम्बन्धि ज्ञान, आर्थिक हिसाब–किताब ब्यवस्थापन , करका विषय र प्राविधिक ज्ञानको कमीले चलिरहेको उद्योग बन्द गर्न बाध्य हुनुुभयो । श्रेष्ठले भन्नुुभयो –साना मान्छेले दुुईचार पैसा कमाएपछि समाजको हेराई नै बदलिदो रहेछ ।
तर, नरकाजी थाक्नु भएन । उहाँले सुन व्यापार थाल्नुुभयो । ३ वर्ष गज्जब ब्यावसाय चल्यो । २०७५ मा कोरोना भाइरस भित्रिएपछि सुुन ब्यापार पनि धरापमा प¥यो ।
खोटाङको दोर्पाबाट खाडी गएर कमाएको पैसाले मोरङको उर्लाबारीमा जोडेको घरखेत बाहेक श्रेष्ठले सबै गुमाउनुभयो । पैसा, इष्टमित्र र ब्यापार गुमे पनि श्रेष्ठको आत्मबल भने गुमेन । त्यसपछि उहाँले सिलाई ब्यावसाय सुरु गर्नुभएको हो ।
हाल उहाँले आफ्नो घरकै तल्लो तल्लामा सो–रुम र गार्मेन्ट कारखाना सञ्चालन गर्नु भएको छ । जातीय पोशाकदेखि विद्यालय, कार्यालय, बैंक र सहकारीका लागि युनिफर्म र टी–सर्टसम्म उत्पादन गरिरहनु भएका श्रेष्ठ कामदारको अभाव भए पछि आफै काम गर्न थाल्नुु भएको छ । समस्या त छ, तर अहिले मात्रै उठ्न थालेको छु । यो पेशाले विगतका सबै दुःख भुलाएको छ । यद्यपि कामदारको अभाव भने खेपिरहेको छुु ।

























