Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि कोइराला

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा २४ अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार २४ अस्थायी मतदान केन्द्रमा ३४ हजार ९३५ मतदाताले समानुपातिक तर्फ मतदान गर्न पाउने छन् । कारागारमा रहेका कैदी बन्दी र आफू मतदाता रहेको आफ्नो निर्वाचन क्षेत्र पुगेर मतदान गर्न नपाउने निर्वाचनमा नखटेका निजामति कर्मचारी,नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले अस्थायी मतदान केन्द्रमा मतदान गर्नु हुनेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी झापामा तीन अस्थायी मतदान केन्द्रमा छ हजार ३८० मतदाताले मतदान गर्नु हुनेछ । यस्तै ताप्लेजुङ,इलाम,भोजपुर, धनकुटा,मोरङ,सुनसरी, खोटाङ र उदयपुरमा दुई÷दुई वटा अस्थायी मतदान केन्द्र रहनेछन् । ओखलढुङ्गा,सोलुखुम्बु,तेह्रथुम र पाँचथर जिल्लामा एक ÷एक मतदान केन्द्र रहेका छन् ।
सबैभन्दा बढी छ निर्वाचन क्षेत्र रहेको मोरङमा ३०६ मतदान स्थलमा ८८८ मतदान केन्द्र रहेका छन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङमा पाँच हजार २८२ अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटेका तर, आफ्नो मतदाता नम्बर नटिपाएका कर्मचारीले मतदान गर्न पाउनु हुने छैन् ।



Share via
Send this to a friend