Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरी, २३ कात्तिक । मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोरको फाइनल समिकरण पुरा भएको भएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा रोयल किंगलाई ३३ रनले हराउँदै गोर्खा लिजेन्टले फाइनल यात्रा तय गरेपछि फाइनल समिकरण पुरा भएको हो । गोर्खा लिजेन्टले उपाधिका लागि शनिवार आइतबारे अस्त्रको सामना गर्नेछ ।
टस जितेर फिल्डिङ रोजेको रोयल किंग बिरुद्ध गोर्खा लिजेन्टले ८ विकेटको क्षतिमा २० ओभर खेल्दै १५७ रन जोडेको थियो । गोर्खाका राज पालुङ्गवाले सर्वाधिक ७४ रनको योगदान गर्दा सुमित राईले ३४ रनको योगदान गरे । सोलोमान राईले १३ रनको योगदान गर्दा अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।
रोयल किंगका सोनु मण्डल, दिवस राजवंशी र सुवास भण्डारीले सामान २–२ विकेट लिए ।  १५८ रनको विजय लक्ष्य पछ्याएको रोयल किंग २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमा समेटियो । रोयलका लागि शिवम यादवले ६६ रनको योगदान गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन । रोयल किंगका एन्जल राईले १५ र राज बस्नेतले १४ रन जोड्नु बाहेक अरु कुनै खेलाडी क्रिजमा टिक्न सकेनन । सुवास भण्डारी र सोनु मण्डल आभास लिम्बूको बलमा शुन्य रनमा आउट भए भने महेश बस्नेत पनि आभास लिम्बूको बलमा आउट भए । ४ विकेट लिएका आभासले अर्जुन बस्नेतलाई पनि आउट गरे ।
सेमिफाइन खेलको म्यान अफ दि म्याच र सर्वाधिक छक्काको अवार्ड राज पालुङ्गवाले प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल आइतबारे अस्त्र र गोर्खा लिजेन्ट बीच शनिवार हुनेछ ।



Share via