Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ(पथरीशनिश्चरे) धनकुटाको राजारानी ( रारा क्लब)फुटबल क्लब बिरुद्ध ३–१ गोलको जित निकाल्दै भारतको पश्चिम बंगालस्थित कन्चनजंघा फुटबल क्लब सिलिगुडी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिलीगुडीका अभिषेक थापाले खेलको ७ ओैं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर,सिलीगुडीको अग्रता लामो समय टिक्न सकेन । राजारानी फुटबल क्लबका मिलन राईले १६ ओैं मिनेट उत्कृष्ट गोल गर्दै खेल १–१ गोलको बराबरीमा पु¥याए । लगातार राम्रा अवसरलाई जाली चुमाउन नसकेको रारा बिरुद्ध भारतीय टोलीले २१ ओैं मिनेटमा अर्को १ गोल थप्यो ।सन्दीप लिम्बूले कर्नरमा निकालिदिएको बललाई अभिषेक थापाले गोलमा परिणत गराएका थिए ।
राराले गोल गर्ने अवसर पटक पटक गुमाएको थियो । खेलको अन्त्य तिर रक्षात्मक खेल खेलिरहेको पाहुना टिम सिलिगुडीले खेलको ७० ओैं मिनेटमा काउण्टर एट्याक गर्दै अर्को १ गोल थप्यो । सिलिगुडीका लागि तेस्रो गोल अभिषेक दर्जीले गरे । शुक्रबारको खेलमा २ गोल गर्ने सिलिगुडीका अभिषेक थापा मेन अफ द म्याच घोषित भए । उनलाई ३ हजार नगद सहित ट्रफि प्रदान गरियो । शनिवार धरान फुटबल क्लब र टेन नवोदय पथरीशनिश्चरे बिच खेल हुनेछ । शरणार्थी शिविर ब्यवस्थापन समिति शनिश्चरेले आयोजना गरेको प्रतियोगिता पथरीशनिश्चरे १० को प्रस्तावित नगर रङ्गशालामा भइरहेको छ ।



Share via
Send this to a friend