रङ्गेली/मोरङको रङ्गेली –३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्नि पीडितलाई नगरपालिकाले घर निर्माण गरि दिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।
रङ्गेली नगरपालिकाको विपद् ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २२ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । अग्नि पीडित प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको हो । अग्नि पीडितले क्षति पुगेका नीजि आवासको क्षति विवरण नगरपालिकामा पेश गरेपछि नगरले अग्निपीडितलाई पुनस्र्थापनाको प्रक्रिया अघि बढाएको थियो । कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको वडाध्यक्ष भरत प्रसाईले बताउनु भयो । पहिचान गर्ने क्रममा एक जना अग्नि पीडितको अर्को स्थानमा पनि पक्की घर देखिएकोले अब २२ जना पीडितको घर मात्र बन्ने उहाँले बताउनु भयो ।
कुल ६ लाख ५५ हजार रुपियाँमा निर्माण हुने घरका लागि कोशी प्रदेश सरकारले ३० प्रतिशत खर्च ब्योहोर्ने छ । यस्तै स्थानीय सरकारले १४ प्रतिशत खर्च ब्योहोर्ने भएको छ भने सङ्घीय सरकारले ५५ प्रतिशत हुन आउने रकम ३ लाख ५५ हजार उपलब्ध गराउने छ । घर निर्माणका लागि डेमिडेनस र लुथरन वल्र्ड फेडेरेसनले समेत सहयोग गर्ने भएका छन् । घरसँगै अलग्गै भान्छा कोठा, ट्युववेल र शौचालय निर्माण हुनेछ ।
नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधरणसँग क्युआर कोड मार्फत सहयोग आह्वान गरेको थियो । हालसम्म क्युआर कोड मार्फत ६ लाख १५ हजार रुपियाँ नगद सङ्कलन भइसकेको छ । अग्नि पीडितहरूलाई वर्षायाम सुरु हुनु अगावै घर हस्तान्तरण हुने गरी काम गर्ने नगर प्रमुख दिलिपकुमर बगडियाले बताउनु भयो । बगडियाका अनुसार घामपानी छल्ने सम्मको घर असार मै बन्छ, बाँकी काम दशैंसम्ममा सक्ने गरी गरिने छ । ज

























