बेलबारी । बेलवारी चिसाङ साझेदारी वन उपभोक्ता समुहको आठौं वार्षिक साधारणसभा शनिवार बेलबारीमा सम्पन्न भएको छ ।
बेलबारी १ को तमु वुद्धिष्ट वौद्ध गुम्वामा भएको कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले वन बाँचे मात्र प्राणी जगत जिवित रहनसक्ने बताउनुभयो । जल,जमिन र जङ्गल सँग मानिसको जीवन जोडिएको उल्लेख गर्दै नगर प्रमुख राईले यिनको संरक्षणको जिम्मा मानिस मै रहेको बताउनुभयो । राईले प्राकृतिक स्रोत साधनको संरक्षण गरेर उपभोग गर्ने हो। जथाभावी उपभोग गर्दा मानिसले दुख पाउने बताउँदै उहाँले साझेदारी वनले समेत वन संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरिएको उल्लेख गर्नुभयो ।
बेलवारी चिसाङ साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष दिनेशप्रसाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा वन निर्देशक इन्द्रमणि भण्डारीले नयाँ वन नियमावलि आएसँगै वनको उपभोग र संरक्षणमा नयाँ रणनीति सुरु भएको बताउनुभयो । कोशी प्रदेशको राजश्वको ठूलो हिस्सा बनबाट प्राप्त हुने बताउँदै वन रहे हामी सबै सुरक्षित रहने धारणा राख्नुभयो ।
२ वर्ष कटान रोकिएर चालु वर्ष कटानको अनुमति पाएको यो साझेदारी वनले वनको पहुँच नभएका नागरिकलाई वनको उपभोग गर्ने अवसर दिँदै आएको छ । सरकारले नै दक्षिणी क्षेत्रका वासिन्दालाई बन प्रति अपनत्व कायम होस भनेर साझेदारी बन गठन गरेको हो । यस साझेदारी वनमा सात पालिकाका ३५ वडाका मानिसहरू उपभोक्ता रहन्छन् ।२४५ जना परिषद सदस्य मध्ये ८० प्रतिशतको उपस्थिति रहेको अध्यक्ष दिनेशप्रसाद गिरीले जानकारी दिनुभयो । ज

























