Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी ,२४ भदौ । मञ्च पुरै खालि , प्रमुख अतिथि र अतिथिहरू मात्र हाेइन । सभाका सभापति पनि दर्शक दिर्घामा थिए । याे दृष्य हाे ,माेरङकाे उर्लाबारीमा नेपाली कांग्रेस उर्लाबारी नगर समितिले आयाेजना गरेको वीपी विचार विमर्श कार्यक्रमकाे ।
स्थानीय दुर्गा मन्दिरमा आयाेजित कार्यक्रमकाे प्रसङ्ग थियोे – वीपी काेइरालाकाे ११० ओैं स्मृति दिवस ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवम् काेशी प्रदेशका सांसद भीम पराजुलीले वीपीलाई वर्षमा दुई पटक सम्झेर मात्र समाजवाद नआउने बताउनुभयो ।पराजुलीले कांग्रेस वीपी विचारबाट विचलित भएको भन्दै नेतृत्व नसच्चिए कार्यकर्ताले कांग्रेसलाई साथ नदिने उल्लेख गर्नुभयो । वीपीवादकाे विचलनले नयाँ राजनीतिक शक्तिकाे उदय भइरहेको बताउँदै पराजुलीले कांग्रेसकाे नेतृत्व सच्चिए कांग्रेसकाे विकल्पमा कुनै राजनितीक दल आउन नसक्ने बताउनुभयो ।उहाँले नेविसंघ र तरुण दलका उर्जावान साथीहरूले समेत पार्टीको जिम्मेवारी नपाएको बताउनुभयो ।पार्टीका भातृसंस्था निस्कृय बनिरहेको बताउँदै पराजुलीले नेतृत्वले सत्ता राजनीति भन्दा संगठनलाई ध्यान दिनुपर्नेमा जाेडदिनुभयाे ।
नेपाली कांग्रेस काेशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरका संस्थापक नगर प्रमुख खड्गबहादुर फागाेले राज्य सञ्चालनकाे खर्च कटाैती गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहमा वडाको प्रतिनिधित्व ५ बाट घटाएर ३ बनाउनुपर्ने बताउनुभयो । जनप्रतिनिधि र मन्त्रीकाे सचिवालयमा समेत खर्च धेरै भइरहेको चर्चा गर्दै एक जना स्वकीय सचिव र २/३ जनाकाे सचिवालय भए पुग्ने फागाेकाे भनाइ थियोे ।
अर्का वक्ता पुर्व राज्यमन्त्री दिलिप गच्छदारले पार्टी संगठन चलायमान नभए कांग्रेसले आफ्नो विरासत जाेगाउन नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेस उर्लाबारी नगर समितिका सभापति सुरेन्द्र लिम्बूकाे सभापतित्वमा भएको बिचार विर्मस कार्यक्रममा नेपाली कांग्रेस माेरङका पुर्व सचिवहरू मदन संग्राैला,यदुकुमार बिष्ट, नेविसंघ माेरङका पुर्व सभापति ज्ञानेन्द्र ढकाल र नेपाल महिला संघका क्षेत्रीय सभापति गाेमा नेपालले बाेल्नु भएको थियोे ।



Share via
Send this to a friend