Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

बसन्तपुर, तेह्रथुम। लालीगुराँस नगरपालिकाले नगरभित्र उत्पादन हुने सागसब्जी र फलफूलको बिक्री वितरणमा सहजीकरण गर्ने भएको छ। प्रारम्भिक चरणमा कृषि एम्बुलेन्समार्फत उपज ढुवानी तथा बिक्री गरिने नगरपालिकाले जानकारी दिएको छ।

कृषकहरूलाई १ देखि ४ रोपनीसम्मको जग्गामा प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गर्न नगरपालिकाले आग्रह गरेको छ। मौसमअनुसारको उपज उत्पादनका लागि कृषि विकास शाखासँग समन्वय गरिनेछ।

यस अभियानमा सहभागी हुन इच्छुक कृषकहरूले नगरपालिकामा सूचीकृत हुनुपर्नेछ। उत्पादनको विवरण तस्वीरसहित तयार गरी स्वीकृत कार्यविधिअनुसार समर्थन मूल्यमा बिक्री गरिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो।

 



Share via
Send this to a friend