Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर । सामाजिक अभियान्ता दुर्गा प्रसाईको गिरफ्तारी प्रति मोरङ–३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनील शर्माले भत्सर्ना गर्दै तत्काल निशर्त रिहाइको माग गर्नु भएको छ ।
आज एक विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस नेता समेत रहनु भएक डाक्टर शर्माले सरकारले जनतालाई डेलिभरि दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी विर्सेर सरकारका गलत कामका विरुद्ध वोल्ने, सरकारलाई खवरदारी गर्ने अभियान्ताको वोलि वन्द गराउन गलत नियतले दुर्गा प्रसाईलाई गिरफ्तार गरिनु राज्य आतंक भएको बताउनु भएको छ । लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको बताउँदै सांसद शर्माले सरकारलाई दैनिक विदेशिन परेका हजारौ युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्यमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरवौ रकम विदेशिए यथार्थलाई सम्बोधन गर्न माग गर्नु भएको छ । सरकार अन्धो भएको बताउँदै गरिव र निमुखाहरुको आवाज वोक्ने अभियन्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान छ तर यो भन्दा ठुलो राज्य अपाधिकरण के हन्छ? उहाँले राज्यसँग प्रश्न गर्नु भएको छ ।
तत्काल सरकार र राज्यका जिम्मेवार निकायमा वसेका शासकहरुलाई सुध्रिन उहाँले ध्यानाकर्षण गराउनु भएका छ । लोकतन्त्रको घाँटी निमोठ्ने काम वन्द गरियोस् । तत्काल सामाजिक अभियान्ता दुर्गा प्रसाईको निशर्त रिहाईको माग गर्दछु ,उहाँले विज्ञप्ति मार्फत भन्नु भएको छ ।



Share via
Send this to a friend