Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएकाे छ । उहाँले शिक्षकहरूलाई सडकमा होइन, सम्मानका साथ विद्यालयमा फर्काउने वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गर्नु भएकाे छ ।

सामाजिक सञ्जालमा लेख्दै सांसद शर्माले शिक्षकहरूका जायज मागप्रति सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्न नहुने बताउनु भएकाे हाे  । ‘शिक्षाको ज्योति फैलाउने गुरुहरूलाई सडकमा उभ्याउनु अपमानजनक  ब्यावहार हाे । अहिले पनि सामुदायिक विद्यालयको शिक्षा प्रणाली कमजोर हुँदै गइरहेको अवस्थामा यो आन्दोलनले थप समस्या निम्त्याएको छ,’ सांसद शर्माले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।

डाक्टर शर्माले  शिक्षकहरूका जायज मागप्रति सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्नु  नहुने बताउँदै  ‘शिक्षकहरूका मागबारे संसदमा के गर्नुपर्छ, हामी त्यसमा तयार रहेकाे बताउनु भएकाे भएकाे छ । उहाँले शिक्षकमाथि भएको अपमान नेपाली समाजकै रूपान्तरणको बाधक बन्ने चेतावनी दिंदै सरकारलाई अविलम्ब आवश्यक कदम चाल्न सुझाव पनि दिनु भएकाे छ । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर राजधानी काठमाडौंमा जारी १५ दिन लामो आन्दोलनमा रहेका छन् । आन्दोलनले न केवल शिक्षा क्षेत्रमै प्रभाव पारेको छ, बरु लाखौं विद्यार्थीको भविष्यमा पनि अन्योलता सिर्जना गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेपनि शिक्षकहरूले आन्दोलन नराेकिने बताएका छन् ।

 



Share via
Send this to a friend